प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा


Bankingkhabar /November 29, 2021

प्राइम कमर्सियल बैंकले ६ पुसमा १४औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ।

बैंकले सभामा भाग लिने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने जनाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २२ मंसिरमा बुक क्लोज गर्दैछ। यसअनुसार २१ मंसिरसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन्।

सभामा गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत गरी कुल १६ दशमलव ६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको एजेन्डा छ। त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

Spread the love

सोसिअल मेडिया