November 28th, 2021

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच भयो डिजिटल सम्झौता

बैंकिङ खबर।

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राइम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्सओ र श्री अभय रिजाल, सिबिओ तथा प्राइम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशका इन्चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरका इन्चार्जले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले प्राइम बैंकसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, प्राइम बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो , जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ।

समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]