
बैंकिङ खबर।
सिभिल बैंकले शुक्रबार आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ। बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवाहरुको थालनी गर्दै ११ औं वार्षिकोत्सव मनाएको हो।
बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरुमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। बैंकको प्रधान कार्यालयमा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका थिए। कल सेन्टर सेवा र मिस्ड कल बैंकिंङ “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।
बैंकले देशभर छरिएका मुख्य शाखासहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियाे।
त्यस्तै, बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रमको आयोजना हुन गइरहेको पनि बैंकले जनाएकाे छ। जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप रु ५ हजार प्रदान गरेको छ।
बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागि झन्झटरहित तथा समर्पित बैंकिंङ सेवाको लागि प्रायोरीटि बैंकिङ सेवाको थालनी गरेको छ। सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका छन्।
सिभिल बैंकले हालसम्म करिव ९२ अर्ब निक्षेप संकलन गरि ८८ अर्ब ऋण लगानी गरेको छ। बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ। बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ।