Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मंसिर २८ का लागि मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२०७८ मंसिर ७ गते

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको छ। बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन्।

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ। जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Ad