Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खान आवेदन दिनेकाे संख्या सवा लाख बढी

२०७८ मंसिर ७ गते

बैंकिङ खबर। राष्ट्रिय वाणिज्य बैंकले गत कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका ८३६ कर्मचारीका लागि आवेदन आह्वान गरेकाे मा मंसिर ५ गतेसम्म १ लाख २२ हजारले आवेदन दिएका छन्।

बैंकका अनुसार दोब्बर दस्तुरमा फाराम भर्नेको संख्या ३ हजार नाघेकाे छ। बैंकले दिएकाे समयसीमा मंसिर ५ गतेसम्म सिंगल दस्तुर र मंसिर १२ गतेसम्म भने दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने छ। बैंकले निवेदककाे शैक्षिक याेग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्म ताेकेको छ।

बैंकले जनाए अनुसार तह ९ को वरिष्ठ प्रबन्धकमा ६३ जना, तह ८ को प्रबन्धकमा ६७ जना र तह ७ को उप–प्रबन्धकमा ५५ जनाले फाराम भरेका छन्।

यस्तै तह ७ को उप–प्रबन्धकमा (लेखा) १०२ जना, तह ६ को सहायक प्रबन्धकमा ५ हजार ६२५ जना, तह ६ को सहायक प्रबन्धक (कानुन) मा १५ जना, तह ६ को सहायक प्रबन्धक (सूचना प्रविधि) १२५ जना, तह ६ कै सहायक प्रबन्धक (नगद) ६१७ जनाले आवेदन दिएकाे बैंकले जानकारी दिएकाे छ।

यसैगरि तह ५ को वरिष्ठ सहायकमा २४ हजार ५५८ जना, तह ५ को वरिष्ठ सहायक (नगद) ६ हजार १९ जना, तह ५ को वरिष्ठ सहायक (कानुन) १७३ जना, तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधि) १०४३ जना, तह ४ को सहायकमा ६५ हजार २८८ जना र तह ४ को सहायक (नगद) मा १७ हजार ३२० जनाले आवेदन दिएका छन्।

दाेब्बर दस्तुर दिएर आवेदन दिन सकिने समय अझै बाँकी रहेकाले याे संख्या बढ्न सक्ने बैंकले जनाएकाे छ।

Ad