Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

“द भ्वाइस किड्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

२०७८ मंसिर ४ गते

बैंकिङ खबर।

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले “द भ्वाइस किड्स नेपाल“ सँग एक मात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ।

कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिकरुपमा हिमालय टिभीमा प्रशारण भएको थियो र अहिलेसम्ममा थुप्रै फ्यान बटुलिसकेको छ। कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन्।

यस बारे ‘खल्ती’का सह–संस्थापक अमित अग्रवालले भने, “हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणका लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं। ‘द भ्वाइस किड्स नेपाल’ लाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा हामीले लिन सक्छौं।”

‘द भ्वाइस’अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शोबाट सुरु भएको थियो । तीन सफल श्रृङ्खलाहरू लगत्तै , ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’ नामक नयाँ शृङ्खला लिएर उपस्थित भएको छ।

रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुन्छ। अहिले कार्यक्रम ब्लाइन्ड अडिसन राउन्डमा चलिरहेको छ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन्। ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ। जसमा दर्शकहरूले आफ्नो मनपर्ने उम्मेद्वारलाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

‘खल्ती’ एप Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।