Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साढे १५ प्रतिशत लाभांश दिने नेपाल बङ्गलादेश बैंककाे निर्णय

२०७८ मंसिर ३ गते

बैंकिङ खबर।

नेपाल बङ्गलादेश बैंकले शेयरधनीलाई १५.५० प्रतिशत लाभांश दिने भएकाे छ। बैंककाे २७ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेकाे हाे।

बैंकले आव २०७७/०७८ को मुनाफा रकमबाट ०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर र ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत) का दरले नगद लाभांश वितरण गर्ने जनाएकाे छ।

शुक्रबार सम्पन्न बैठकले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। सभाले आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको हाे।

जसमध्ये संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका बैंकले जनाएकाे छ।

Ad