Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कर्जा प्रवाहमा काठमाडौं पछि : प्रदेश नं. १ सबैभन्दा अगाडि

२०७८ कार्तिक २९ गते

बैंकिङ खबर । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.४ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा प्रदेश नं. १ को अंश ११.५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रदेश नं. १ को आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ । कुल कर्जा प्रवाहमा कर्णाली प्रदेशको अंश सबैभन्दा कम १.२ प्रतिशत रहेको छ । कुल कृषि कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ३६.२ प्रतिशत तथा दोस्रो स्थानमा प्रदेश नं. १ मा १६.८ प्रतिशत कर्जा प्रवाह भएको छ । त्यसैगरी कर्णाली प्रदेशमा सबैभन्दा कम १.४ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । प्रतिशाखा सेवा प्रवाह भएको जनसंख्या गण्डकी प्रदेशमा सबैभन्दा कम १,८५१ जना रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा बढी ४,४५७ जना रहेका छ । प्रदेश नं. १ मा प्रतिशाखा सेवा प्रवाह भएको जनसंख्या २,९११ रहेको छ ।

 नेपाल राष्ट्र बैंकले प्रदेश नं. १ को आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी यस कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदनको कार्यकारी सारांश राष्ट्र बैंकले प्रस्तुत गरेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार वित्तीय सेवा तथा उपकरणमा सर्वसाधारणको पहुँचका दृष्टिकोणले कुल निक्षेप परिचालनमा प्रदेश नं. १ को योगदान ७.३ प्रतिशत रहेको छ ।