Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

औद्योगिक क्षेत्रमा लगानी भित्राउनु चुनौतीपूर्ण (यस्ता छन् कारणहरु )

२०७८ कार्तिक २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले तिब्र आयात र अन्तराष्ट्रिय उत्पादनसँग प्रतिशप्रर्धा गर्नुपर्ने चुनौतीका कारण उत्पादन मुलक उद्योगहरु कम्जोर भएको औल्याएको छ । राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक विवरण प्रस्तुत गर्ने क्रममा उत्पादित वस्तुहरुको लागत बढी तथा गुणस्तरमा कमी हुनाले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्था छ । स्वदेशी उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेको छ ।

 

औद्योगिक क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाहरु

 अधिकांश उद्योगहरुको उत्पादन क्षमताको आधा क्षमता पनि उपयोग नभएका कारण उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न आवश्यक विद्युत, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनको लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने चुनौती छ ।

 उद्योग क्षेत्रमा दक्ष श्रमशक्तिको अभाव रहेको छ । अर्ध–दक्ष तथा दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा स्वदेशी उद्योगहरुले प्रायः दक्ष श्रमशक्तिको अभाव खेपिरहनुपर्ने अवस्था रहेको छ ।

 उत्पादित वस्तुहरुको लागत बढी तथा गुणस्तरमा कमी हुनाले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्था छ । स्वदेशी उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने चुनौती छ ।

 उद्योग स्थापना गर्दा, नवीकरण गर्दा, कर÷दस्तुर आदि बुझाउँंदा प्रक्रियागत जटिलताहरु रहेका छन्। समय तथा लागत कम गर्न एकल बिन्दु सेवाको कार्यान्वयन एवम् सूचना प्रविधिको उपयोगलाई अधिकतम्प्रवद्र्धन गर्नुपर्ने चुनौती रहेको छ ।

 केही वर्षयता जग्गाको उच्च मूल्य वृद्धिका कारण नयाँ स्थापना हुने क्रममा रहेका उद्योगहरुले उपयुक्त स्थानहरुमा जग्गा पाउन समस्या हुनुको साथै उद्योग स्थापनाको लागत समेत वृद्धि भएको छ ।

 औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न चुनौती रहेको छ ।

 पर्याप्त उर्जा आपूर्ति एवम्भरपर्दो सडक यातायातको सुविधा उपलव्ध गराउनुपर्ने चुनौती रहेको छ ।

 पुँजीको अभाव तथा अत्यावश्यक कच्चा पदार्थको अभाव सम्बोधन गर्नुपर्ने चुनौती रहेको छ ।

सम्भावनाहरु
 प्रदेशको दीगो अर्थतन्त्र निर्माण र समृद्धिका लागि औद्योगिकीकरण अपरिहार्य भएकाले समुदायले दैनिक रुपमा खपत गर्ने र पर्यटन क्षेत्रमा खपत हुने मुख्य वस्तुहरु उत्पादन गर्ने कृषि प्रशोधन उद्योगहरु सञ्चालन गरी पर्यटन व्यवसाय र स्थानीय उत्पादकसँग सघन सहकार्य मार्फत अग्र र पृष्ठ सम्बन्ध स्थापना गर्न सकिने प्रवल सम्भावना रहेको छ ।

 आधारभूत औद्योगिक उत्पादनमा आत्मनिर्भर बन्दै कृषि क्षेत्र तथा स्थानीय श्रोत, साधन तथा सीपमा आधारित औद्योगिक उत्पादनमा जोड दिई औद्योगिक उपजको निर्यात तथा आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको छ ।

 सहुलियतपूर्ण उर्जा आपूर्तिमार्फत् उद्योगहरुको लागत कम गरी प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न सकिने सम्भावना रहेको छ ।

 स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने तथा सरकारी एवम् गैह्र सरकारी निकायमा हुने आवश्यक सामग्रीको प्रयोगमा स्वदेश मै उत्पादित सामग्रीलाई बढावा दिन सके स्वदेशी उत्पादनको प्रयोग बढ्ने सम्भावना रहेको छ ।

 आर्थिक वर्ष २०७८÷७९ को बार्षिक बजेट मार्फत यस प्रदेश अन्तर्गत रहेको गोरखकाली टायर कारखानालाई निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गरिने र उद्योगको जग्गा र भौतिक संरचनालाई नेपाल सरकारको तर्फबाट हुने लगानीमा गणना गरी निजी क्षेत्रलाई थप लगानी सहित सञ्चालन गर्न प्रोत्साहित गर्ने सम्भावना रहेको छ ।

 यस प्रदेशमा मुख्यतः देहाय बमोजिमका उद्योगहरु स्थापना तथा विस्तारको सम्भावना रहेको छ ।
 कृषि तथा पशुजन्य उत्पादनमा आधारित उद्योगहरु एवम्श्रममा आधारित उद्योगहरु,
 स्याउ, सुन्तला र कफी भण्डारण, प्रशोधन तथा निकासी गर्ने उद्योगहरु,
 परम्परागत हस्तकला÷मूर्तिकला तथा क्युरियोका सामान उत्पादन गर्ने उद्योगहरु,
 वनजन्य कच्चा पदार्थ प्रयोग गरी प्रशोधनमा आधारित उद्योग धन्दाहरु,
 ढुङ्गा, गिटी, बालुवा लगायतका खनिज तथा उत्खनन्सम्बन्धी उद्योगहरु,
 फलाम खानी उत्खनन्तथा प्रशोधन उद्योग ।
 प्रथम पञ्चवर्षीय योजना अन्तर्गत प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको योजनामा “प्रदेशभित्र विभिन्न जिल्लामा युरेनियम, टुर्मालिन, चुनढुङ्गा, फलाम, टाल्क, रातोमाटो लगायतका खनिजजन्य वस्तुको सम्भावना रहेको” उल्लेख गरिएको ।