सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलंकी र कालीमाटी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन सोही बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गरे ।
यस कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको बारेमा जानकारी दिइने बताइएको छ । व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको आजको परिवेश र यथार्थलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने उद्देश्यले Sunrise Bank Advisory Cell को स्थापना समेत गरेको गरेको छ । जसमार्फत बैंकले आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्य लिएको सीईओ बज्राचार्यले जानकारी गराए ।
“हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरेको बैंकले जनाएको छ । साथै, भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता समेत बैंकले व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।
यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । उनको दक्षता र अनुभवबाट कार्यक्रममा सहभागी साना तथा मझौला उद्यमीहरूले भरपुर लाभ लिन सक्ने कुरामा बैंकले विश्वास व्यक्ति गरेको छ ।
