
बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यही कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेटमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा भौतिक तथा भर्चुअलप्रविधिमार्फत सम्पन्न गरेको हो ।
साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०/– को १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ (अक्षेरुपी एक करोड चवालीस लाख पाँच हजार एक सय अठार मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आ.व. ०७७/७८ को वित्तीय विवरण पारित गरी सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।