Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङमा स्तरोन्नती

२०७८ कार्तिक १६ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले आफ्नो मोवाइल बैंकिङमा सुधार गरेको छ । हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै Omni Channel आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ती गरेको यही कात्तिक १५ गतेबाट उक्त सेवाको शुभारम्भ गरी सञ्चालनमा ल्याएको हो ।

मोबाइल बैंकिङ्ग सेवालाई थप प्रविधिमैत्री एवं समय सापेक्ष बनाउने उद्देश्यका साथ सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको महालक्ष्मी विकास बैंकले जनाएको छ । यसबाट सेवाग्राहीलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास समेत लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सुविधा आएपछि बैंकमा खाता नै नभएका महानुभावहरुले समेत बैंकिङ्ग कारोबार गर्न सकिने भएको छ । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहक महानुभावलाई मोबाइल नम्बरको आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ ।

यसका साथै ई–भौचरको सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्नेछ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको मोवाइल बैंकिङ ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्नेलगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यस प्रयोगकर्ता मैत्री प्रविधि, BankXP System मा स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore र IOS को Appstore बाट ग्राहक महानुभावहरुले Mahalaxmi BankXP डाउनलोड गर्न सक्नुहुनेछ । यस बैंकको वेबसाईट www.mahalaxmibank.com बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Ad