Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५% सम्म छुट

२०७८ कार्तिक १४ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच सम्झौता भएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने OPD बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउने जनाइएको छ । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Ad