बैंकिङ खबर । सरकारले कोभिड प्रभावितलाई १० हजार बाँड्ने कार्यविधि स्वीकृत गरेसँगै ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। यससँगै कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका विपन्न घरपरिवारलाई प्रति घर परिवार १० हजार रुपैयाँ वितरण गरिने छ । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार कार्यविधि स्वीकृत गरेको छ । यसअघि असोज १५ गते कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका विपन्न घरपरिवारलाई प्रति घर परिवार १० हजार रुपैयाँ वितरण गरिने भनिएको थियो । तथापी कार्यविधि स्वीकृतच भएको थिएन ।