Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाउन्स चेक काटेका अभियुक्त प्रहरी फन्दामा

२०७८ कार्तिक ५ गते

बैंकिङ खबर । बैंकिङ कसूरमा भक्तपुर सूर्यविनायक सिपाडोल बस्ने ४५ वर्षीय रामनाथ सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कमलपोखरीबाट उनलाई पक्राउ गरेको हो । उनी लामो समयदेखि फरार थिए । अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बेंकको चेक काटेर दिएका थिए । नीजलाई उच्च अदालत पाटनले २०७७ माघ २० गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सुनाएको थियो ।

Ad