
बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडको २०७८ साल असोज २० गते बसेको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको छ । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ । बंैकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यताकै उच्च रहेको छ ।