
बैंकिङ खबर । नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले यस वर्षको महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरुमाझ सुबिसुले “दक्षिणा अफर” ल्याएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरुले ५० Mbps इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै प्राप्त गर्न सक्नेछन् भने अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै फाइदा प्राप्त गर्न सक्ने सुविसुले जनाएको छ । यसका साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ–सेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड भने ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।
चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ ।
सुबिसुका बारेमा :
सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।
Clear TV को बारेमा :
Clear TV, सुबिसु केबलनेट. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।