Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गोर्खाज फाइनान्सको २६औँ साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्मानित

२०७८ आश्विन २० गते

बैंकिङ खबर । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारणसभा काठमाडौंको होटल क्राउन इम्पेरियलमा यही असोज १८ गते सम्मन्न गरेको छ । सोही साधारणसभाबाट गोर्खाज फाइनान्सले नयाँ संचालक समिति चयन गरेको छ । संस्थापक शेयरधनीतर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण शेयरधनीतर्फबाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन हुनुभएको छ ।

त्यसैगरी स्वतन्त्र संचालकमा प्रद्युम्न कुमार भट्टराई रहनु भएको छ । फाईनान्सले मुख्य कार्यालयसहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातवटै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने ग्राहकहरुको सेवामा विभिन्न बचत योजना संंचालन गरिरहेको छ ।

फाइनान्सले निःशुल्क डेविट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्यान्स सेवा दिँदै आएको छ । फाईनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा,सर्लाही तथा काठमाण्डौ उपत्यका भित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरि सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरु र एक एक्टेनशन काउन्टर संचालनमा रहेका छन् ।

 

Ad