
बैंकिङ खबर । नेपालको अग्रणी मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफरले आफ्नो रेमिट कार्य सेवालाई बढाउँदै तथा आफ्ना ग्राहकहरुलाई सहज तथा सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको छ । यसले गर्दा ग्राहकले विदेशमा वेष्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने जनाएको छ ।
यस कार्यबाट ग्राहकहरुलाई अझ सहज तरिकाले रकम प्राप्त हुने जानकारी प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटाले जानरी गराउनुभयो । यस सम्झौता पत्रमा वेष्टर्न युनियन नेटवर्क (आयरल्याण्ड) लिमिटेडका तर्फबाट प्रतिनिधि एलेन तथा प्रभु मनि ट्रान्सफरका तर्फबाट रामेश्वर सापकोटाले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।