Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटलले ल्यायो चाडपर्व लक्षित अफर डबल धमाका

२०७८ आश्विन १८ गते

बैंकिङ खबर । प्रभु क्यापिटलले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको जनाएको छ । प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्दा र निःशुल्क शेयर बजारसम्बन्धी लिन पाइने छ । यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गर्ने समेत प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनोट गरिनेछ । यसरी छनोट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलिसकेपछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

साथै यसरी दैनिक छनोट हुनुभएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनोट हुनुभएको ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभूत तालिम दिइनेछ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारीसहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ ।

यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरुमध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ ।

Ad