
बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको “दिदी बहिनी कृषक समूह” लार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ ।
सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।
बैंकका तर्फबाट बंैकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गर्नु भएको हो । सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।