Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कोरोना प्रभावित विपन्न बर्गलाई १० हजार अनुदान दिने कार्यविधि निर्माण हुँदै

२०७८ आश्विन १४ गते

बैंकिङ खबर । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी गुमाएका गरिब तथा विपन्न बर्गलाई दिने भनिएको १० हजार राहत उपलब्ध गराउन कार्यविधि निर्माणमा जुटेको छ । कोरोना महामारीको प्रभावबाट रोजगारी गुमाएका गरिब तथा विपन्न बर्गलाई प्रतिपरिवार १० हजार राहत दिने बजेटमा उल्लेख गरिएको थियो । नयाँ संशोधित बजेटमा उल्लेख भएको राहत उपलब्ध गराउन अर्थ मन्त्रालय कार्यविधि निर्माणमा जुटेको हो । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको बजेटमा कोभिड महामारीबाट प्रभावित करिव ५ लाख गरिब र विपन्न परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ नगद अनुदान दिने उल्लेख गरेका थिए ।