Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले गर्‍यो मोरङ्ग सोमबारे  शाखा उद्घाटन

२०७८ आश्विन ११ गते

बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय रतुवामाई सोमबारे मोरङ्गको रतुवामाई नगरपालिका वडा नं.१० नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो कारोबारको शुरुवात गरेको छ । शाखा कार्यालयको यही असोज १० गतेका दिन एक समारोहका बीच औपचारिक उदघाटन गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिवन काटेर उक्त शाखाको उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रमलाई बैंक संचालक समितिका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा यस बैंकबाट सुनदेखि नुनसम्म, हलो देखि हाईड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनुहुन सम्पूर्णमा आग्रह गर्नुहुदै कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिनुभएको थियो ।

उदघाटन मन्तब्य राख्नुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उदघाटन कार्यक्रमका विशिष्ठ अतिथि अनिलकुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषि लाई नछोडने नीति रहेको कुरा राख्नुहुदै विगतदेखि वर्तमान सम्म आईपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गर्नु भएको थियो ।

उदघाटन कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक दिर्घ बहादुर अर्यालले बैंकले उपलव्ध गराउने सेवा सुविधाका बारेमा प्रकाश पार्दै भालिका दिनमा बैंक टिकाई राख्ने जिम्मा स्थानीय वासिहरुकै हुने भएकोले बैंकका व्यवसाय अभिवृद्धिमा विशेष जोड दिन आग्रह गर्नुभयो । सोमबारे बजार व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासीहरुले बैंकका व्यवसाय अभिवृद्धिमा आवश्यक सहयोग गर्ने र बैंक शाखाको पुनःस्थापना भएकोमा बैंक परिवार र स्थापनाका लागि पहल गर्नु हुने सबैंलाई हार्दिक धन्यवाद समेत दिनु भयो । उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. प्रदेश कार्यालय १ का प्रदेश प्रमुख श्री नवराज न्यौपानेले बैंकले उपलव्ध गराउने सेवा÷सुविधाका बारेमा प्रकाश पार्दै उक्त सेवा सुविधाको उपभोग गर्नु हुन आम स्थानीयबासीहरुलाई हार्दिक आग्रह गर्नुभयो ।

कार्यक्रममा कृषि विकास बैंक लि.का कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. प्रदेश कार्यालय १ का कर्मचारीहरु लगायत अन्य शाखाहरुबाट पनि कर्मचारीहरुको उपस्थित रहेको थियो । उदघाटन कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत मन्तब्य शाखा प्रबन्धक जिरन बुढाथोकीले राख्नुभएको कार्यक्रमको संचालन बैंकका कृषि विकास बैंक प्रदेश १ का कार्यालय विराटनगरका मुकेश चौधरीले गर्नुभएको थियो ।

Ad