
बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले यही असोज ८ गते विराटनगरको कञ्चनबारीमा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका मापदण्ड अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय (मह जोडी) मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।
समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । योसँगै सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।