
बैंकिङ खबर । नेपालीहरुको महान् चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा अधिकतम् रु २,५००/- सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ”First come first serve” को आधारमा छुट प्रदान गरिने पनि जनाएको छ । यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुनेछ । सानिमा बंैकको देशभर सातै प्रदेशमा गरी १०५ वटा शाखा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा log in गर्न सकिने छ ।