
बैंकिङ खबर । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा रमेशकुमार के.सी. मनोनयन हुनु भएको छ । नवनियुक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव लिइसक्नुभएको छ ।
हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त रमेशकुमार के.सी.लाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त सपथ ग्रहण समारोहमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. हरिबहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।