बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको छ । अघिल्लो वर्ष टिआर कर्जाको सिमा ९० दिनबाट १८० दिन बनाइएको थियो । अब भने यसलाई पुनः ९० दिनमानै झारिएको छ । विदेशबाट सामान आयात गर्ने व्यवसायीहरुले टिआर ऋण लिने गर्छन् । त्यसैगरी एकीकृत निर्देशिकामा संसोधन गर्दै कोरोनाबाट अति प्रभावित भएका होटल, ट्रेकिङ, हवाई जहाज लगायतलाई २०७९ सालसम्म गर्नुपर्ने कर्जाको भुक्तानीलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरी हिसाब मिलाउन बैंकवित्तहरुलाई निर्देशन दिएको छ । यस्तो निर्देशन क, ख र ग बर्गका बैंकवित्तमा लागु हुने छ ।