Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

२०७८ भाद्र २४ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्०, १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ । उक्त स्वास्थ्य सामग्री बैंकका हेड बिजनेश सेट १ थमनबहादुर खत्रीज्यूले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक समारोहबीच हस्तान्तरण गर्नुभएको थियो ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सिर्जित कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad