
बैंकिङ खबर । हिन्हू नारीहरुको महान् चाडको रुपमा हरितालिका तीज नजिकिँदै गर्दा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
यसका साथै पहिलो POS कारोबारमा १० प्रतिशत छु र रु ५०० सम्मको क्यास ब्याक प्रदान बैंकले जनाएको छ । यसका अतिरिक्त रु. ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ ।
यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइँदै आएको समेत सानिमा बैंकले जनाएको छ ।