बैंकिङ खबर । सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्मको कर्जा दिने भएको छ । अस्पताल नभएको स्थानीय तहमा १ सय शय्यासम्मको अस्पताल निर्माण गर्नका लागि नेपाल राष्ट्र बैंकले आवश्यक पर्ने कर्जा उपलव्ध गराउने भएको हो । यो व्यवस्थाअनुसार बैंकहरूले यस्तो कर्जा आधारदरमा अधिकतम २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरेर दिनुपर्ने छ। राष्ट्र बैंकले सरोकारवाला बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । बैंकले प्रत्येक ३ महिनामा सार्वजनिक गरेको आधार दरमा कर्जाको व्याजदर तोक्ने गर्छन् । अस्पताल निर्माण प्रयोजनका लागि कर्जा लिँदा आधार दर कम भएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट लिँदा २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गर्दा ऋणीलाई ब्याजदर ७.४१ प्रतिशत मात्रै पर्न जान्छ।
