Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा

२०७८ भाद्र ९ गते

बैंकिङ खबर। ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्प्रेस(ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतीय सवारी कर्जा अटो लोनलगायतका विभिन्न सवारीसाधनहरुमा आफ्ना योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रायोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरिदको लागि मात्र उपलब्ध हुने बैंकले जनाएको छ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरिद गर्ने प्रायोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जनाएको छ ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

 

Ad