Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोग्रेशिभ फाइनान्सको शाखा महोत्तरीको गौशालामा

२०७८ भाद्र १ गते

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ५, गौशाला बजारमा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १५ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले गौशाला नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा सम्पूर्ण रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले सेवा विस्तारका क्रममा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा शाखाहरु सञ्चालन गरी कारोबारको दायरा अभिवृद्धि गर्ने योजना बनाएको जनाएको छ ।

Ad