Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकका तीन शाखा एकैसाथ सञ्चालनमा 

२०७३ भाद्र १२ गते

nmbएनएमबि बैंकले पाल्पा, भैरहवा र दमक गरी एकै साथ तीन नयाँ शाखाहरुको सुरुवात गरेको छ । उक्त शाखाहरुको फरक कार्यक्रमहरुमा आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले एनएमबि बैंक पाल्पा र भैरहवा शाखाको उद्घाटन गरे । साथै, बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रीय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गनुगर्दै गर्भनर डा. नेपालले पाल्पा र भैरहवामा एनएमबि बैंकको नयाँ शाखाको सुरुवात भएकोमा खुशी व्यक्त गर्र्दै, बैंकले स्थानीयको सरल बैकिङ्ग पँहुचमा समेत टेवा पुग्नेमा आफू विश्वस्त रहेको जानकारी गराए । उद्घाटन कार्यक्रममा स्थानीय ग्राहक, उघोगी, व्यापारी, पत्रकारवर्ग साथै बैंकका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल समेतको उपस्थिति रहेको थियो । बैंकले पाल्पा र भैरहवासँगै दमकमा पनि नँया शाखाको विस्तार गरेको बैंकको जारी गरेको पे्रस विज्ञप्तीमा उल्लेख छ । 

नयाँ शाखाहरु सँगै बैंकको कुल ७१ शाखा ५० एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ, भने बैंक देशकै अग्रणी बैंकहरुको सुचिमा समेत स्थापित भइसकेको छ । 

Ad