Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

क्रिप्टोकरेन्सीमाथि ह्याकरको ठूलो हमला : ६० करोड डलरको क्रिप्टोकरेन्सी चोरी

२०७८ श्रावण २८ गते

बैंकिङ खबर । डिजिटल वल्र्डमा ह्याकरहरुले क्रिप्टोकरेन्सीमाथि अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ह्याकरले ६० करोड डलर (४५४५) करोडभन्दा बढी इथेरियम र क्रिप्टोकरेन्सी ह्याक गरेका हुन् । यस बर्ष क्रिप्टोकरन्सी चोरीको धेरै घटनाहरु भए । यति ठूलो चोरी भएको यो पहिलो घटना हो । यसले लाखौं डलरको क्रिप्टोकरन्सीको चोरीमा हजारौं लगानीकर्ताहरुलाई क्षति पुगेको छ ।

पोली नेटवर्कले ट्वीट गर्दै साइबर अट्याक भएको जानकारी दिएके थियो । उसले क्रिप्टो लगानीकर्ताहरुको लाखौं डलर चोरी भएको उल्लेख गरेको थियो । पोली नेटवर्कले ह्याकरहरुलेको चोरीको रकम ट्रान्सफर भएको स्थानको समेत पत्ता लगाएको थियो । उसले ह्याकरहरुलाई क्रिप्टोकरन्सी फिर्ता गर्न आग्रह गर्न अन्यथा कानूनी कारबाहीको चेतावनी दिएको थियो । अन्ततः ह्याकरहरुले लिएको डिजिटल टोकन फिर्ता गरेका थिए ।

Ad