Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जविच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता

२०७८ श्रावण २६ गते

बैंकिङ खबर । कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लि.विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कृषि विकास बैंकको रु.१ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन ४ प्रतिशत व्याजदर रहेको “कृषि ऋणपत्र”, को सूचिकरण गरी कारोबारका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज लि.का तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात कृषि विकास बैंकको “ कृषि ऋणपत्र”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ । उक्त अवसरमा कृषि विकास बैंकका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन आई वि.एल एस क्यापिटल लि.का डिपुटी सिईओ मेख बहादुर थापाको समेत उपस्थिती रहेको थियो ।

 

Ad