
बैंकिङ खबर/संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ ।सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्राथमिकतामा कोरोना प्रभावितालाई समेत समावेश गरिएको छ ।
संयुक्त सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगायतका विषयलाइ विषेश प्रथमिकतामा राखेको छ । त्यती मात्र नभै सरकारले कोभिड १९ को महामारीमा नागरिकको जिवन रक्षा गर्ने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरुको कार्यान्वयन गर्ने लगाउतका संयुक्त कार्यक्रम तय गरेको छ । सरकारले विषेश गरी न्यूनतम साझा कार्यक्रमका प्राथमितामालाई विभिन्न ११ बुँदामा समेटेको छ । न्यूनतम साुझा कार्यक्रममा पहिलो बुँदामा मूख्य प्राथमिकता भन्दै कोभिड १९ को महामारीमा नागरिकको जिवन रक्षालाइ राखेको छ ।
हेर्नुहोस् पूर्णपाठ



