
बैंकिङ खबर । नेपाल बंगलादेश बैंकले मोरङ्ग जिल्ला, लेटाङ्ग नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेका छ । बुधबारे वजार लेटाङ्ग नगरपालिको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालिकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालीको अनुरोधका साथै ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याइ हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुर्याउने उदेश्यका साथ एक औपचारिक कार्यक्रमकाबीच बैंकले आफ्नो सेवा संचालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गर्नु भएको थियो ।
यस विस्तारित सेवा बाट यस भेगमा छरिएर रहेको पुँजीलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंकको खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट बैक प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरु को तलबी खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।