Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कोर बैंकिङ्ग सफ्टवेयर स्तरोन्नति गर्दै कृषि विकास बैंक

२०७८ श्रावण ८ गते


बैंकिङ खबर/कृषि विकास बैंकले कोर बैंकिङ्ग सफ्टवेयर (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । बैंकले सीबीएस स्तरोन्नति गर्नका लागि शुक्रबार सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गर्ने भएको छ ।
बैंकले सूचना जारी गरि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार बिहान १० बजेसम्म सीबीएससँग सम्वन्धिच सम्पूर्ण सेवा तथा डेलिभरि च्यानेल (इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड) लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने जनाएको छ । यसबाट पर्ने असुविधाका लागी बैंकले क्षमाप्राथी मागेको छ ।

Ad