Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंककाे डिभेन्चरमा लगानी कोषसहित तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने

२०७८ श्रावण ३ गते

बैंकिङ खबर/सिभिल बैंक लिमिटेडेले सार्वजनिक निष्काशन गर्न लागेको डिभेन्चरमा नागरिक लगानी कोषसहित तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने भएका छन् । बैंकले सार्वजनिक निष्काशन गर्न लागेको रु.१,००० अंकित दरको ३०,००,००० (तीस लाख)कित्ता“ 9% Civil Bank Debenture 2088” को प्रत्याभूती गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटललिमिटेड, ग्लोबल आइएमई क्यापिटललिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आइतबार प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सिभिल बैंकले निष्काशनगर्ने “9% Civil Bank Debenture 2088”डिबेन्चरहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम बिक्रीहुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिनमञ्जुर गरेका छन् ।

यसक्रममा प्रत्याभूती कर्ताहरु नागरिक लगानी कोषले २ अर्व, प्रभु क्यापिटल लिमिटेडले रु ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रु ३० करोडर माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले रु ३५ करोड बरावरको डिवेन्चर पत्याभुति गर्ने सम्झौत गरेका हुन् ।

Ad