Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको नाफा रु. १ अर्ब, अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

२०७८ श्रावण ३ गते


बैंकिङ खबर/कामना सेवा विकास बैंकले आ.व. २०७७/०७८ मा रु. १ अर्ब नाफा (कर अघि) आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा हालसम्मकै सबैभन्दा बढी हो ।

गतवर्ष यसैअवधिमा रु १६ करोड ४१ लाखनाफा (कर अघि) रहेकोमा समीक्षाअवधिमा ५०९.५७प्रतिशतले बृद्धि गरी रु. १ अर्बनाफाआर्जन गरेको छ । गतवर्षनिक्षेप ३२ अर्ब ९७ करोड रहेकोमा ३७.३७प्रतिशतले बृद्धि भई रु. ४५ अर्ब २९ करोड संकलनगर्न बैंक सफलभएको छ । साथै, कर्जातर्फ सोहीअवधिमा २७ अर्ब ५५ करोड रहेकोमा ४७.३३ प्रतिशतले बृद्धि गरी ४० अर्ब ५९ करोड लगानी गरेको छ ।

२ अर्ब ६५ करोड चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ४४ करोड ४८ लाख रुपैयां रहेको छ । बैँकको खुद ब्याज आम्दानी गत वर्षभन्दा ३० प्रतिशतले बृद्धि भई १ अब ४९ करोड रुपैयां पुगेको छ । गत आ.व. बैंकको निष्कृय कर्जा १.७९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा १.५ प्रतिशत कायम रहेको छ ।

आ.व. ०७७/०७८ को असार मसान्तमा बैंकको पूँजी कोष अनुपात १३.७८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६.४० रुपैयाँ रहेको छ । जुन गतवर्षको तुलनामा ४६०.२५ प्रतिशतले बृद्धि हो । साथै, बैंकको मूल्य आम्दानी अनुपात २१.९७ गुणा, प्रतिशेयर नेटवर्थ १४८.६१ रुपैयाँ र तरलताअनुपात २२.१० प्रतिशत रहेको छ । यसै गरी बैंकको आधार दर ८.३८ प्रतिशत रहेको छ ।

हाल बैंकले १२९ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा ATM मार्फत ग्राहकमहानुभावहरुलाईआफ्ना सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

Ad