Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघ​बीच सम्झौता

२०७८ असार २९ गते

बै‌किङ खबर/ ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघ​बीच सहकार्यको लागि सम्झौता भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग  सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्ष बीच सम्झौता भएको हो।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र  नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघकातर्फबाट महासंघका महासचिव​ ओमबहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरतकर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन,कर्जा सेवाहरुर सहज वित्तियसेवाहरु प्रदान गर्नेछ। साथै ज्योति विकास बैंकले महासंघ​अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवाआफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्।

 

Ad