Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

२०७८ असार २८ गते


बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले रु.१ हजार अंकित दरका १०,००,००० कित्ताले हुन आउने एक अर्ब रकम बराबरको “९ %KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा सोमबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कामना सेवाविकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न हुनुहुन्छ ।

ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ । साथै Social Media Banking, Internet Banking, Mobile Banking, Viber Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

 

Ad