
बैंकिङ खबर/नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहक महानुभावहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित“37 Days of Happiness”अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले सोमबारदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल I Card, , नबिल स्मार्ट बैंक(मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गतेदेखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकमहानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टी एवम् आधुनिक बैंकिङ्ग युगको शुरुवातगर्ने तर्फ केन्द्रित रहेको जनाइएको छ ।