Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको १२८ औं शाखा काठमाडौं भोटाहिटीमा

२०७८ असार २७ गते


बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आइतबार प्रदेश नं. ३ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा १२८ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । योेसँगै काठमाडौं उपत्यकामा कामना सेवा विकास बैंकका २३ वटा शाखा पुगेका छन् ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनियामान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको समुद्घाटन गर्नुभएको हो । उक्त समारोहमा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो ।

बैंकका अध्यक्ष सुदिप आचार्यले कोभिडको प्रभावकाबीच पनि आफुहरुले भोेलीको सम्भावनालाई मध्यनजर गरी शाखाविस्तारमा लागेको बताउनुभयो । यो असहज अवस्था हट्न साथ आर्थिक गतिविधिहरु चलायमान भई बैंकको कारोबार समेत विस्तार हुने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चिनियामान बज्राचार्यले व्यावसायिक केन्द्र भोटाहिटीमा बैंकले शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेकोमा आफ्नो तथा वडावासीहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Ad