Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कोष व्यवस्थापन कम्पनीको वार्षिक साधारण सभा सम्पन्न

२०७८ असार २६ गते

बैंकिङ खबर/ कोष व्यवस्थापन कम्पनी लिमिटेड को वार्षिक साधारणसभा कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय रामशाहपथ काठमाडौमा रहेको हलमा शनिबार सम्पन्न भएको छ ।  अधिकांश शेयरको हिस्सा कृषि विकास बैंकको रहेको उक्त कम्पनीको लामो समय देखि हुन नसकेको बार्षिक साधरणसभा (आर्थिक वर्ष २०६४/०६५ देखि २०७६/०७७ सम्मका आर्थिक विवरणका आधारमा) कम्पनीका संचालक समितिका अध्यक्ष दिर्घ बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । कम्पनीका शेयरधनीहरुलाई  उक्त साधरणसभाले लामो समय पश्चात प्रतिफल स्वरुप चुक्ता पूंजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ । 

उक्त सभाका प्रमुख अतिथि कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र सभाअध्यक्ष दिर्घ बहादुर अर्यालले सभाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासाका सम्बन्धमा संचालक समिति अध्यक्ष दिर्घ बहादुर अर्याल स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कोभिड महामारीका कारणले जुमका माध्यबाट तथा प्रत्यक्ष रुपमा शेयरधनीहरुको उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय, संघ-संस्थाका प्रतिनिधी, कम्पनीका लेखापरीक्षकको उपस्थिती रहेको थियो ।

कम्पनीको  संचालक समितिमा एक जना संचालक सदस्य निर्वाचन प्रणाली मार्फत निर्वाचित गराउनु पर्ने कार्यक्रम रहेकोमा एक जनाको मात्र मनोनयन परेकोले दिल बस्नेत निर्विरोध निर्वाचित भएको घोषण प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) विर्ख बहादुर रावलले गर्नुभएको थियो । साधरणसभाको संचालन कम्पनीका सचिव व्यास कुमार शर्मा र कम्पनीका महाप्रबन्धक नारायण प्रसाद आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।

Ad