Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सामाजिक सुरक्षा कोषविरुद्ध नवलपरासीमा पनि प्रदर्शन

२०७८ असार २२ गते


बैंकिङ खबर/नवलपुरस्थित कावासोतीका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति जनाउँदै विरोध प्रदर्शन गरेका छन्।
बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा समावेश हुन नसक्ने विविध बुँदाहरुसहितको ब्यानर प्रदर्शन गरी संयुक्त रुपमा विरोध गरेका हुन्।

कार्यक्रममा कावासोती बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जनर्जस्ती लागू गर्न खोजेको सामाजिक सुरक्षा कोषको कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकोले विरोधमा उत्रिएको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरु नै एक आपसमा बाझिएकाले कर्मचारीले दुःखले जम्मा गरेको आर्जन भोलिका दिनमा असुरक्षित हुने देखिएकोले विरोध गर्नुपरेको उहाँको भनाइ छ ।

Ad