Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

२०७८ असार २० गते


बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लि. कोे  सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथावित्तीय संस्थामा २५ वर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुल्नु भएको छ । व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययनपूरा गर्नु भएकी श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्व रहनु भएको थियो । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमावित्तीय परामर्शदाताको रुपमा पनि काम गर्नु भएको थियो ।

Ad