Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि. बीच सम्झौता

२०७८ असार १३ गते

बैंकिङ खबर/ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडिख रिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ।सम्झौताअन्तर्गत सिप्रदिट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंककोतर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदि ट्रेडिङकोतर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नुभएको थियो।
यससम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहक वर्गहरुलाई ७० प्रतिशत सम्म कर्जासहित सजिलै प्राप्त हुनेछ।बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।
गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटो मोबाइल्स क्षेत्रमा मन जित्न सफलटाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिँदै आएको छ।

Ad