
बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेडले शक्रबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकास्थित लामोसाँघु बजारमा बैंकको २४ औं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको छ । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी तथा नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको हाल सम्मको प्रगती विवरण तथा भावी कार्यक्रमहरुका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
हालसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई सघन वित्तीय पहुँच पुरयाउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको तथा उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु जस्तैMobile Banking, Connect IPS, ATM/Debit Card, QR Code सेवाहरु समेत उपलब्ध हुने जानकारी दिईएको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई अझै सधन र सर्वसूलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने बैंकले लक्ष्य लिएको छ ।
बैंकले प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा र लामोसाँघु गरी कुल २४ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २६ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ ।