
बैंकिङ खबर/वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हाे । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो ।
काठमाडौँको कमलादीमा प्रधानकार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत हेलम्बुबासीलाई यो सहयोग गरेको र भबिष्यमाप नि यस किसिमका सहयोगलाई निरन्तरता दिइने जनाएको छ ।